सिड्नी । भारतले एक दिवसीय क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई २३६ रनमा रोकेको छ । सिड्नीमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै घरेलु टिमले ४६.४ ओभरमा अलआउट हुँदै २३६ रन बनाएको हो ।
माट रेन्शाले ५८ बलमा ५६ रन जोडे । त्यस्तै कप्तान मिचेल मार्शले ४१ तथा म्याथ्यु शर्टले ३० र ट्राभिस हेडले २९ रन जोडे । हर्षित रानाले ४ तथा वाशिंगटन सुन्दरले २ विकेट लिए ।
सिड्नी मैदानमा भारतले एक दिवसमा दुई खेलमात्र जितेको छ । यो खेल जित्दा तेस्रो जित हुनेछ । यसअघिका दुवै खेलमा रोहित शर्माले शतक बनाएरै टिमलाई जिताएका थिए ।
अष्ट्रेलियाले एक खेल बाँकी रहँदै श्रृंखला जितेकाले भारतले क्लिन स्वीप हुनबाट बच्न यो खेल जित्नैपर्ने दबाब छ ।
यो खेल विराट कोहली र रोहित शर्माका लागि भारतमा अन्तिम खेल पनि हुन सक्ने जनाइएको छ ।