जेन–जी युनाइटेडका चार दर्जन प्रहरीको नियन्त्रणमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
1k
Shares
काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन–जी युनाइटेडका सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार दर्जनको संख्याका जेन–जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति नलिइ त्यहाँ पुगेकाले प्रहरीले बताएको छ ।
स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई प्रहरीले हिरासतमा लिएको हो । जेन-जी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
स्थानीय प्रशासनको अनुमति बिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् । जेन-जी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको बताए ।
उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए । “हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेको लागेका हौँ । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएनौँ, दिइएन”, कार्कीले भने ।
पछिल्लो समय जेन–जीहरूबीच तालमेल हुन नसक्दा जेन–जीको आन्दोलनपछि बनेको नागरिक सरकार पनि अलमलमा छ ।
जेन–जीका विभिन्न समूहले फरक फरक माग राखेसँगै फागुन २१ गतेका लागि तोकिएको संविधान सभा निर्वाचन दलहरुका कारण नभइ जेन–जीकै कारण नहुने सम्भावना बढेको छ ।
जेन–जीका विभिन्न समूहलाई विभिन्न आईएनजीओ र एनजीओले चलाएको आरोप छ ।