arrow

काभा भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
nepal-kava-volleyball.jpg

काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ ।

बङ्गलादेशको ढाकास्थित इन्डोर हलमा शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

यस जितसँगै तीन खेलमा नेपालले चार अङ्क बटुलेको छ ।

नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५-२१ जित्यो भने खेलको दोस्रो सेट २५-२३ ले हरायो ।

त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेट २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तान र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

यही कात्तिक ११ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल अफगानिस्तानसँग ९ गते खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ