arrow

हिमालै हिमाल काठमाडौँदेखि धनगढीको हवाई यात्रा [तस्बिर]

logo
प्रकाशचन्द्र तिमिल्सेना, 
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
mountain-flight-kathmandu-bhangadhi (3).JPG
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

धनगढी । सफा मौसममा काठमाडौँदेखि धनगढीको यात्रा गर्नु भनेको केवल दूरी काट्नु मात्र होइन, हिमालको एक भव्य ग्यालरी अवलोकन गर्नु पनि हो।

हवाई यात्रा गरिरहँदा काठमाडौँ उपत्यका वरिपरिबाट उत्तरतिर हेर्दा, गणेश हिमाल र लाङटाङ श्रृङ्खलाका चुचुराहरूले हामीलाई बिदाइ गर्छन् । यी हिमाल यति नजिक र स्पष्ट देखिन्छन् कि मानौं कसैले सेतो हिउँको ठूलो चित्रकला हाम्रो सामुन्ने टाँगिदिएको छ।

पश्चिमतिर अघि बढ्दै जाँदा, मध्य नेपालको विशाल दृश्य खुल्छ। आठ हजार मिटरको विशाल मनास्लु हिमाल आफ्नो वरपरका हिमालचुली र ङादी चुली सँगै, आकाशलाई नै छोला जस्तो गरी उभिएको छ।

यसपछि यात्राको सबैभन्दा मोहक खण्ड आउँछस् अन्नपूर्ण श्रृङ्खला। माछापुच्छ्रेको धारिलो चुचुरो, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका विशाल कायाहरूले हाम्रो आँखालाई चकित पार्छन्। सफा मौसममा, सूर्यको किरण पर्दा यी चुचुराहरू चादिजस्तै टल्किन्छन् र त्यो सौन्दर्यले मुटुलाई नै छोएर जान्छ।

अझ पश्चिम लागेपछि देखिने धौलागिरिको विशाल भव्यता र यसको सेतो चम्किलो रूपले यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ।  कहिलेकाहिँ त, धौलागिरीभन्दा परको अपी र सैपाल जस्ता सुदूरपश्चिमका हिमालहरूको छायाँमात्र देखिनु पनि निकै रोमाञ्चक हुन्छ।

धनगढी पुग्दा नपुग्दै यी हिमाली दृश्यले शान्ति र मनमा खुशीको तरङ्ग उत्पन्न गराइसक्छन् ।

 

mountain-flight-kathmandu-bhangadhi (2).JPG
mountain-flight-kathmandu-bhangadhi (3).JPG
mountain-flight-kathmandu-bhangadhi (4).JPG
mountain-flight-kathmandu-bhangadhi (5).JPG
mountain-flight-kathmandu-bhangadhi (6).JPG
mountain-flight-kathmandu-bhangadhi (7).JPG
mountain-flight-kathmandu-bhangadhi (8).JPG
mountain-flight-kathmandu-bhangadhi (9).JPG
mountain-flight-kathmandu-bhangadhi (1).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ