गाजामा ध्वस्त स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि डब्ल्यूएचओले माग्यो सात अर्ब डलर
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
2.4k
Shares
काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बिहीबार गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर (करिब रु ९३३ अर्ब) आवश्यक पर्ने बताएको छ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले गाजामा भएका इजरायली आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेको बताए। उनले भने, "अहिले गाजामा पूर्ण क्षमतामा काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट मात्र सेवा दिइएको छ।"
गेहब्रेयससले गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव रहेको पनि औँल्याए। उनले ध्वस्त बनेको गाजाको स्वास्थ्य प्रणालीको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर खर्च हुने अनुमानित लागत प्रस्तुत गरे।