arrow

भारतले अष्ट्रेलियासँगको एक दिवसीय श्रृंखला गुमायो, दोस्रो खेलमा दुई विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
kohli-australia-25-10-21-getty.jpg
तस्बिर-गेट्टि इमेजेज ।

एडिलेड । अस्ट्रेलियाले भारत विरुद्धको एक दिवसीय क्रिकेट शृंखला एक खेल बाँकी रहँदै जितेको छ। बिहीबार एडिलेडमा खेलिएको दोस्रो एक दिवसीय खेल अस्ट्रेलियाले २ विकेटले जितेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेपछि भारतीय टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २६४ रन बनायो । रोहित शर्माले सर्वाधिक ७३ रन बनाए । श्रेयस अय्यरले ६१ रनको इनिङ्स खेले । एडम जाम्पाले ४ विकेट लिए ।

जवाफमा अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ  । म्याथ्यु सर्टले सर्वाधिक ७४ रन बनाए । कूपर कोनोलीले ६१ रन बनाएर अविजित रहे । भारतका लागि अर्शदीप सिंह, वाशिंगटन सुन्दर र हर्षित राणाले २–२ विकेट लिए । 

तेस्रो एक दिवसीय खेल अक्टोबर २५ तारिख शनिबार सिड्नीमा खेलिनेछ । 

खेलमा भारतले लगातार सत्रौँ पटक टस हार्यो । विराट कोहली लगातार दोस्रो पटक शून्यमा आउट भए । यो उनको एक दिवसीयमा १८ औँ डकआउट हो । 

रोहित शर्मा एक दिवसीयमा सर्वाधिक रन बनाउने तेस्रो भारतीय खेलाडी बनेका छन् । उनले २७५ एक दिवसीय खेलमा ११ हजार २४९ रन बनाएका छन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकरले १८ हजार ४२६ तथा विराट कोहलीले १४ हजार १८१ रन बनाएका छन् । 

रोहितले सौरभ गांगुली (११२२१ रन) लाई पछि पारेका हुन् । 

टस हारेर ब्याटिङ गरेको भारतको सुरुवात खराब रह्यो। उनीहरूले १७ रनमा दुई विकेट गुमाए। कप्तान शुभमन गिल ९ र विराट कोहली १७ रनमा आउट भए। दुवैलाई जेभियर बार्टलेटले आउट गरे। त्यसपछि रोहित र अय्यरले तेस्रो विकेटको लागि ११८ रन जोडे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ