arrow

‘सरकार जेन-जीका सपना पूरा गर्नतिर लागेन, शहीदका सपना तुहिने स्थिति भयो‘ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
kamal-subedi-gen-z.jpg

काठमाडौँ । अन्तरिम सरकार जेन-जीका उद्देश्य पूरा गर्न नलागेको जेन-जी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरूले आरोप लगाएका छन् ।

काठमाडौँको माइतीघर मण्डलामा बिहीबार दबाबमूलक कार्यक्रम आयोजना गर्दै उनीहरूले यस्तो आरोप लगाएका हुन् । 

कार्यक्रममा माईतीघर पुगेका जेन-जी आन्दोलनका शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन-जीहरू एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाईते, शहीद परिवार तथा जेन जीहरूको सामुहिक दबाब कार्यक्रम आयोजना गरेको बताए ।

शहीदहरूको उद्देश्यअनुसार सरकार शहीदका सपना पूरा गर्न नलागेको आरोप लगाए । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको भन्दै सरकारलाई खबरदारी गरे । 

सरकारको ध्यानाकर्षण शहीदहरूको सपना पूरा गर्नेतिर केन्द्रित हुन जरुरी रहेको उनको भनाइ छ । अन्तरिम सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाए । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने र प्रत्यक्ष कार्यकारीमा जानुपर्ने उनको माग छ ।

उनले भने, ‘आज हामीले देशभरका जेन जीहरू एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाईते, शहीद परिवार तथा जेन जीहरूको सामुहिक दबाब कार्यक्रम आयोजना गरेका हौँ । यसमा सांस्कृतिक कार्यक्रम, नाटकहरू छ । यसको उद्देश्य भनेको शहीदहरूले जुन लक्ष्यका लागि रगत बगाएका थिए, रगत बगाएको एजेण्डा सरकारले पूरा गर्नतिर लागोस् । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको छ । त्यसस्थितिमा पुग्न दिनु हुँदैन, जेन जी सबै एकढिक्का भएर देश निर्माणमा लाग्नुपर्छ । यो कार्यक्रम निरन्तर अघि बढिरहनेछ । दबाबसहितको कार्यक्रम सिर्जना गरेका छौँ । यो सरकारको ध्यानाकर्षण शहीदहरूको सपना पूरा गर्नेतिर लागोस् । यो सरकार जेन जीको भावनाअनुरुप चलेको छैन । सुशासन, भ्रष्टाचार नियन्त्रण भएको छैन । त्यसैले सडकमा आउनुपरेको हो । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही होस् । संविधान संशोधन हुनुपर्छ । प्रत्यक्ष कार्यकारीमा जानुपर्छ ।’

माइतीघरमा जेन-जी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको तस्बिर राखेर भाइटीकाको दिन माल्यार्पण गरेका छन् । साथै सरकारलाई जेन जी शहीदको माग पूरा गर्न दबाब दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ