बिग्रियो मौसम, पश्चिमी वायुको प्रभावले उपत्यकामा चिसो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
1.3k
Shares
फाइल तस्बिर
काठमाडौँ । नेपालमा आजबाट पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेको छ । मनसुन प्रणाली बाहिरिएसँगै खासै कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेकोमा मौसमी प्रणालीमा केही परिवर्तन देखिएको हो ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक,दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
काठमाडौँ उपत्यकामा पनि असर देखिन थालेको छ । बिहानैदेखि चम्किलो घाम लाग्न सकेको छैन । लागेको घाम पनि मधुरो छ ।