भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट रु नौ लाख २३ हजार ९६० नगद सहित २७ जनालाई पक्राउ गरेको छ।
परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले दिएको जानकारीअनुसार, प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडा समेत बरामद गरेको छ।
प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।