arrow

जेन-जी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीलाई अल्टिमेटम

प्रधानमन्त्री कार्कीद्वारा जेन–जी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा छलफल

घाइतेद्वारा कठोर कारबाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
genz-altimatum.jpg

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका घाइतेहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेकी छिन्। आज बिहान साढे १० बजे शुरु भएको उक्त छलफल केहीबेरअघि सकिएको हो।

घाइतेहरूले छलफलका क्रममा सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। उनीहरूले भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। घाइते रूपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले 'क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने' धारणा राखेको थियो।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे घाइतेहरूलाई जानकारी गराएका थिए। छलफलमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालका साथै ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो। घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ