arrow

 प्राधिकरणले काट्यो धेरै बक्यौता रहेका आधा दर्जन उद्योगको लाइन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
electricity-authority-81.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तिहारको समय पारेर डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेका सबैभन्दा धेरै बक्यौता रहेका आधा दर्जन उद्योगको मा लाइन काटेको छ ।

प्राधिकरणले मंगलबार बिहानै ६ वटा उद्योगमा लाइन काटेको हो । जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाची सिमेन्ट र त्रिवेणी स्पेनिङ मिल्सको लाइन काटेको हो । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता उठाउन बाध्य भएर काट्नु परेको मिडियालाई बताएका छन् । 

उनले बक्यौता असुल्नका लागि बाध्य भएर लाइन काटिएको भन्दै पहिलो किस्ता तिर्न आए तत्काल लाइन जोडिने बताएका छन् । प्राधिकरणले  प्राधिकरणको काउन्टर तिहारको बिदाका सबै दिनमा खुल्नेसमेत जनाएको छ ।

यसअघि प्राधिकरणले सूचना निकालेर बक्यौता तिर्न कार्तिक २ गतेसम्मको समय दिए पनि अहिलेसम्म १३ वटा उद्योगले बक्यौता तिर्न थालेका छन् । प्राधिकरणले अझे २६ उद्योगले बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ