arrow

राजस्व कार्यालय भद्रपुरद्वारा पहिलो त्रैमासिकमा ७५ करोड बढीको राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
tax-office-bhadrapur.jpg

भद्रपुर (झापा)। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ। यो सङ्कलित रकम चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो।

प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार, आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। कार्यालयले पहिलो त्रैमासिकमा ८७ करोड १० लाख २८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ८६ दशमलव ४२ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको तीन महिनामा कार्यालयले आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मूल्य अभिवृद्धि करबाफत ३१ करोड नौ लाख २४ हजार र अन्तःशुल्क बाफत १८ करोड ६९ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। प्रमुख कर अधिकृत थापाका अनुसार, गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा भने ६९ करोड २८ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्नका लागि हालको उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै करदातालाई अत्याधिक दबाब नहुने गरी निरन्तर बजार अनुगमन र निगरानी गर्ने योजना बनाएको छ। साथै, लाभग्राही केन्द्रीत व्यावहारिक कर शिक्षा प्रदान गरिने पनि प्रमुख कर अधिकृत थापाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ