arrow

तीन महिनामा ३५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
udyog-bhibhag.jpg

काठमाडौँ । चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ वटा उद्योगमा रू ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो ।

चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । विभागकाअनुसार गत असोजमा मात्र ७५ वटा साना उद्योगमा रु दुई अर्ब चार करोड ५७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ । 

हालसम्म विभागमा सात हजार पाँच सय ५० वटा उद्योगमा रू छ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ ।

गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका एक सय ६२ वटा उद्योगका लागि रु १५ करोड ३७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ । 

रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका एक सय ती३ उद्योगमा सबैभन्दा धेरै रु एक अर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो । 

उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा रु २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा रु १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ