arrow

अष्ट्रेलियामा भारतको निरश प्रदर्शन, श्रृंखलामा पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
ind-aus-odi-25-10-19.jpg

काठमाडौँ । भारत र अष्ट्रेलियाबीचको एक दिवसीय क्रिकेट श्रृंखला शुरु भएको छ । तीन खेलको श्रृंखलाको पहिलो खेलमा भने भारत पराजित भएको छ । 

कमजोर प्रदर्शन गरेको भारत ७ विकेटले पराजित भएको हो । पर्थमा भएको खेलमा लगातार १६ औँ पटक टस हारेर पहिले ब्याटिङ गर्दै भारतले वर्षाले प्रभावित भइ २६ ओभरमा झारिएको खेलमा ९ विकेटको क्षतिमा १३६ रन बनायो । 

केएल राहुलले ३१ बलमा ३८, अक्षर पटेलले ३८ बलमा ३१ तथा नितिशकुमार रेड्डीले ११ बलमा अविजित रहँदै १९ रन बनाए । 

यो खेलबाट पूर्व कप्तानद्धय रोहित शर्मा र विराट कोहलीले एक दिवसीयमा पुनरागमन गरेका थिए । 

कोहली १७ औँ पटक शून्यमा आउट भए भने रोहितले ८ रन बनाए । 

जवाफमा अष्ट्रेलियाले २६ ओभरमा १३१ रनको चुनौती पाएकामा ३ विकेटको क्षतिमा २१.१ ओभरमै पूरा गर्यो । ओपनर कप्तान मिचेल मार्शले ५२ बलमा अविजित रहँदै ४६ रन जोडे भने जोश फिलिल्पेले २९ बलमा ३७ रन जोडे । 

योसँगै तीन खेलको श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । दोस्रो खेल बिहीबार एडिलेडमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ