arrow

संविधान संशोधनविना निर्वाचन गर्न खोजिए मुलुक द्वन्द्वमा जान्छ : गच्छदार

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
Gachhadar.jpg.jpeg

सप्तरी । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधन भए मात्र देशले निकास पाउने बताएका छन् । फोरम लोकतान्त्रिक नेपाल सप्तरीले राजविराजमा गरको पत्रकार सम्मेलनमा  गच्छदारले भने, ‘संविधान संशोधनविना निर्वाचन गर्न खोजिए मुलुकमा द्वन्द्व बढ्नसक्छ ।’

अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन भन्दै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेसी मोर्चालाईसमेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने बताए ।

पूर्व मेचीदेखी पश्चिम महाकालीका जनताहरु अधिकारका लागि आन्दोलनरत छन्, उनले भने, ‘संविधान कार्यान्यनका लागि ठूला दलले संविधान संशोधन पछि मात्र निर्वाचनको कुरा ल्याउनुपर्छ ।’

अध्यक्ष गच्छदारले संविधान संशोधन नभए संविधान कार्यान्वन पनि नहुने बताउँदै तीन ठूला दलबीच देखिएको समन्वय अभाव र भेदभावले देश क्रमिक रुपमा द्वन्द्वमा फस्दै गएको तथा यसबाट आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत असर परेको धारणा राखे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ