arrow

पाकिस्तानले तीन अफगानी क्रिकेटरलाई मार्‍यो, त्रिदेशीय श्रृंखलाबाट अफगानिस्तानले लियो नाम फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १ शनिबार
pakistan-afghanistan-flag.jpg

काबुल । पाकिस्तानले शुक्रबार अफगानिस्तानको पक्तिका प्रान्तमा हवाई आक्रमण गरेकामा तीन क्लब क्रिकेटरसहित आठ जनाको मृत्यु भएको छ । 

अफगानिस्तान क्रिकेट बोर्डले तीन खेलाडीहरू क्रिकेट खेलबाट फर्किँदै गर्दा आक्रमण भएको बताएको छ।  अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले यसको पुष्टि गरेको छ। आक्रमणमा सात नागरिक घाइते भएका छन् ।

यस घटनाको प्रतिक्रियामा, एसीबीले नोभेम्बरमा पाकिस्तानमा आयोजना हुने त्रिदेशीय टी–२० शृङ्खलाबाट फिर्ता लिने घोषणा गरेको छ। 

एसीबीले मारिएका क्रिकेटरहरूको सम्मानमा यो कदम चालिएको बताएको छ। पाकिस्तान, अफगानिस्तान र श्रीलंकाका टोलीहरूले प्रतियोगितामा भाग लिने थिए ।

अफगान मिडिया आउटलेट टोलो न्यूजका अनुसार आक्रमणहरूले दुई देशबीचको सिमाना डुरान्ड रेखा नजिकै रहेका अर्गुन र बर्मल जिल्लाका धेरै घरहरूलाई लक्षित गरेका थिए।

अक्टोबर ८ मा सुरु भएको द्वन्द्वपछि दुई देशले अक्टोबर १५ को साँझ ४८ घण्टाको युद्धविराममा सहमति जनाए । युद्धविराम अक्टोबर १७ को साँझ समाप्त हुने तय भएको थियो तर विस्तार गर्ने सहमति भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ