भदौ २४ गते धेरैले गुहार्दा लुकेका बालेनलाई अभियन्ता ईले लगाए गम्भीर आरोप
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
1.7k
Shares
फाइल तस्बिर
काठमाडौँ । सामाजिक अभियन्ता ईले गत गत भदौ २४ गतेको सम्पत्तिको दोहन रोक्न एक मिनेटको भिडियो हाल्न भनेर आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै उनले सबै जलेर सोत्तर नभएसम्म बालेनको एउटा सामान्य अपीलसमेत नआएको भन्दै आलोचना गरेका हुन् । उनले बालेनको नयाँ राजनीतिक दल कस्तो आउला भनी कौतुलहतासमेत जगाएका छन् ।
ईले जेन-जी आन्दोलनले निम्त्याएको विपद्का बेलामा बालेन गैरजिम्मेवार भएकोसमेत उनले प्रश्न गरेका छन्, 'पहुँच भएका जति सबैले मुलुकको सर्वोच्च शक्तिशाली नेता तपाईँलाई त्यो दिन कति गुहारे गुहारे, तर मूर्ख अभिमानी प्रधानमन्त्रीको राजीनामा नआएसम्म जसरी सेनाको हेलिकप्टर बालुवाटार पुगेन, त्यसरी नै तपाईँको एउटा सामान्य अपील पनि सबै सोत्तर नभएसम्म आएन । किन ?'
उनले आफ्नो स्टाटसमा लेखेका छन्, 'सबैजना एकै छाता मुनि आउनैपर्छ भन्ने सोच एकतन्त्रीय हो। जलाउनुपर्छ, गाड्नुपर्छ, समाप्त पार्नुपर्छ भन्ने आवेगात्मक र संवाद, सहअस्तित्व, समावेश हुनुपर्छ भन्ने अहिंसक सोच समाजमा प्रवाह गर्ने मानिस वा समूह स्वभाविकरूपले एक कित्तामा आउन सक्दैनन्। स्वतन्त्रता, उत्पादन, न्याय हेर्ने दृष्टिकोण फरक हुनसक्छन् र हुनुपनिपर्दछ। बालेन जी, तपाईँको / तपाईँ समर्थित नयाँ राजनीतिक दल जनजीविका सम्बन्धी र सैद्धान्तिक सवालमा कहाँ उभिन्छ भनेर हेर्न बाँकीनै छ। अनि राज्यशक्तिको आफ्नै सान्दर्भिकता भएतापनि सबैजना सत्ताकै राजनीतिमा आउनुपर्छ भन्ने पनि छैन। लोकतन्त्रको सौन्दर्यनै वैचारिक र व्यवहारिक विविधता हो। भदौ २४ गते, सेप्टेम्बर ९ तारिखको दिन सवेरैदेखि सार्वजनिक, व्यवसायिक, र व्यक्तिगत सम्पतिको दोहन रोक्न एउटा एक मिनेटको भिडियो मात्र हाल्नु भनेर पहुँच भएका जति सबैले मुलुकको सर्वोच्च शक्तिशाली नेता तपाईँलाई त्यो दिन कति गुहारे गुहारे, तर मूर्ख अभिमानी प्रधानमन्त्रीको राजिनामा नआएसम्म जसरी सेनाको हेलिकप्टर बालुवाटार पुगेन, त्यसरीनै तपाईँको एउटा सामान्य अपील पनि सबै सोत्तर नभएसम्म आएन। किन? यस्ता जवाफदेहिता, पारदर्शिता, वैचारिक र जिम्मेवारी अभाव देखिएका अनेक प्रसङ्ग सर्वविदितै छन्। त्यसबाहेक - सडकमा पहिलो पटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुङ्गा बर्साउने जुन घृणित कार्य भयो त्यसको समिक्षा भविष्यमा होला नै। महामेयर सडकमा थिएनन् तर उनका प्रतिनिधिले आन्दोलन कमाण्ड गरिरहेका थिए। अवश्य यसमा उनको मात्र दोष छैन। अरु अनेक पक्षले पनि त्यस्तै गरे। तर जे भनेपनि मूल दोष त सरकारकै, असान्दर्भिक भइसकेका राजनीतिक पात्रकै हो। शायद सर्वशक्तिमान् कवि यो खेलमा एउटा प्यादामात्र थिए। भूपिले लेखेका थिए नी - "एक मनोरञ्जक खेलका सामाग्री"।'