arrow

भारतको मोतीपुरमा नेपाली युवकको शव भेटियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
death-body.jpg

बर्दिया । बिहीबार दिउँसो नेपालको सीमा नजिक भारतमा भेटिएको शव नेपाली युवकको भएको पाइएको छ । 

भारतको बहराईच जिल्ला मोतीपुर थानाअन्र्तगत बलैगाउँमा भेटिएको शव बर्दिया बाँसगढी नगरपालिका वडा न ५ रामपुर बस्ने २० वर्षीय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ । 

पारिवारिक स्रोतका अनुसार गत मंगलबार धनगढी जान भनि घरबाट हिँडेका थिए । बिहीबार नेपाली मुलको जस्तो देखिने युवाको शव नेपाल भारत सिमावर्ती क्षेत्रमा फेला परेको खबर फैलिएको थियो । 

घटनास्थलको अवस्था हेर्दा चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर मल्लले बताए ।

युवक कसरी सो स्थानमा पुगे र कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शवको पोष्टमार्टमका लागि भारतको बहराइच लगेको छ भने पोष्टमार्टमपश्चात् युवकको शव आफन्तको जिम्मा लगाइने छ । युवकको परिवारका सदस्यहरू बिहीबार नै बहराइच पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ