arrow

झापामा देउसी-भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने, जुवातास र पटका पूर्ण प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
jhapa-cdo9.jpg

झापा। तिहारको अवसरमा खेलिने देउसी–भैलो झापा जिल्लामा अब राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले शान्ति सुरक्षा कायम गर्न भन्दै बिहीबार सूचना सार्वजनिक गरी देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरू राति ९ बजेपछि नगर्न अनुरोध गरेको हो।

जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना दिँदै चाडपर्वहरू शान्तिपूर्ण वातावरणमा मनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।

चाडपर्वलाई लक्षित गर्दै प्रशासनले जारी गरेको आठ बुँदे सूचना मा देउसी–भैलोलाई समयसीमा तोक्नुका साथै जुवातास र डाइस खेल्न, आतङ्क सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले प्लास्टिकका फूलमाला प्रयोग नगरी प्राकृतिक फूल र माला प्रयोग गर्न, अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री नगर्न, मूल्य वृद्धि वा कृत्रिम अभाव सिर्जना नगर्न र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न पनि आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालमा अरूको मर्यादामा आघात पुग्ने, घृणा वा अफवाह फैलाउने सामग्री सम्प्रेषण नगर्न अनुरोध गरिएको छ। कुनै अवाञ्छित गतिविधि वा समस्या देखिएमा नजिकको प्रहरी इकाइमा वा प्रहरी कन्ट्रोल रुम १०० तथा मोबाइल नम्बर ९८५२६७१५५५ मा सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ