-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
झापा । गौरादह नगरपालिका वडा न ९ स्थित सिस्ने खोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् ।
उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।