निर्वाचनको तयारीबारे छलफल गर्न आयोगले बोलायो राजनीतिक दलहरूलाई
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
907
Shares
काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज (बिहीबार) राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको छ।
छलफल आज बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ। आजको बैठकमा आयोगले निर्वाचनको तयारीका सन्दर्भमा भइरहेका प्रशासनिक काम र निर्वाचन तालिकाबारे राजनीतिक दलका प्रतिनिधिहरूलाई जानकारी गराउनेछ।
गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको थियो। निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले निर्देशन दिएको छ।