फ्रेन्की डे जोङको बार्सिलोनासँग २०२९ सम्म सम्झौता नवीकरण
क्लबमा एक दशक बस्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
805
Shares
काठमाडौं। एफसी बार्सिलोनाले बुधवार डच अन्तर्राष्ट्रिय मिडफिल्डर फ्रेन्की डे जोङसँग सम्झौता नवीकरणको औपचारिक हस्ताक्षर गरेको छ। यो नयाँ सम्झौताअनुसार उनी २०२९ सम्म क्लबमा रहनेछन्।
२८ वर्षीय यी खेलाडीले यो सम्झौतापछि बार्सिलोनासँगको आफ्नो यात्रा एक दशकसम्म लम्ब्याउने भएका छन्। २०१९ मा अजाक्सबाट बार्सिलोनामा सामेल भएका डे जोङले क्लबका लागि अहिलेसम्म २ सय ६७ खेल खेल्दै १९ गोल गरेका छन्।
बुधबारको हस्ताक्षर समारोहमा डे जोङले अन्य क्लबहरूबाट चासो आएको रिपोर्ट भए पनि बार्सिलोनाको प्रतिनिधित्व गर्ने आफ्नो जीवनभरको महत्वाकांक्षा दोहोऱ्याएका थिए।
क्याटालान टोलीसँगको आफ्नो ६ सिजनको अवधिमा डे जोङले दुई ला लिगा उपाधि, दुई कोपा डेल रे र दुई स्पेनिश सुपर कप जितेका छन्।