arrow

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
uml-ccm-82-6-29.jpg

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज (बिहीबार) पनि बस्दैछ। ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा बैठक बिहान ८ बजेदेखि सुरु हुनेछ।

बुधबारबाट सुरु भएको यस बैठकमा सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर आफ्नो धारणा राखिरहेका छन्। बुधवार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राखेका थिए।

शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय दिइएको छ। सदस्यहरूले आफ्नो धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची तय भएको छ।

जारी केन्द्रीय कमिटी बैठकले पार्टीको ११औं महाधिवेशनको मिति तय गर्नेछ। अध्यक्ष ओलीले महाधिवेशन मंसिरको २७, २८ र २९ गते पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन्। एमालेले विधानअनुसार एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ