arrow

दर्ता भयाे जनस्वराज पार्टी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
election-commission167.jpg

काठमाडौँ । जनमत पार्टीबाट विभाजित भई गठित जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले यही असोज २८ गते सो पार्टीको दल दर्ताको निवेदन, विधान, झण्डा, निर्वाचन चिन्हसहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरेको जनाएको हो । सो पार्टीको अध्यक्षमा दीपककुमार साह छन् ।

उक्त पार्टीले ‘समृद्धि, सामाजिक न्याय र जनताको पूर्ण स्वशासन (स्वराज)’ लाई आफ्नो वैचारिक नीति मान्दै नयाँ पुस्ताको व्यवहारिक समाधान र सहभागीमूलक राजनीतिक संस्कृति निर्माण गर्न कटिबद्ध रहेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ