काठमाडौँ । एएफसी यू-१७ महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेलको छ ।
थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको समूह एफअन्तर्गतको खेलमा नेपाल र तुर्कमेनिस्तानबीचको खेल गोलरहित बराबरीमा सकियो ।
यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । यस बराबरी खेलसँगै नेपालको एएफसी महिला यू-१७ एसियन कप फुटबलमा पुग्ने सम्भावना कमजोर बनेको छ ।
नेपालले अब समूहको दोस्रो खेल यही असोज ३१ गते थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
तीन अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । त्यसैगरी एक अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ भने दुई खेल खेलिसकेको तुर्कमेनिस्तानको एक अङ्क मात्र छ । तुर्कमेनिस्तान छनोटबाट बाहिरिसकेको छ ।