दैनिक १२ घण्टा सेवा दिने गरी जिप्रका काठमाडौँले थाल्यो राहदानी वितरण [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
917
Shares
तस्बिर- सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा जेन-जीन्जी आन्दोलनपछि रोकिएको पासपोर्ट बनाउने प्रक्रिया बुधबारबाट पुनः शुरू भएको छ ।
दुई सिफ्टमा काम शुरू भएको हो । राहदानी आवेदनका लागि अनलाइन स्लट बुकिङको समय हरेक दिन साँझ ५ बजे खुल्ने जानकारी गराइएको छ ।
सीमित आवेदन स्टेसन र सेवाग्राहीको बाक्लो भीड भएकाले प्रशासनले सबै सेवाग्राहीलाई आवेदन फारममा उल्लेख भएको समयमा मात्र उपस्थित भई सहयोग गर्न अनुरोध गरेको छ।
उक्त सेवा जेन-जी प्रदर्शनपछि स्थगित हुँदै आएको थियो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सेवा (सिफ्ट) मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए ।