arrow

सहजै नेतृत्व नछाड्ने ओलीको अडान, भन्छन् – छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
uml-ccm-82-6-29.jpg

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता हुनुपर्नेमा जोड दिएका छन् । 

आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा शुरू भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकको प्रारम्भ गर्दै उनले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको स्पष्ट पारे । 

एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने अध्यक्ष ओलीले बताए । उनले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गरे । 

“पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीका साथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ”, अध्यक्ष ओलीले भने, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीका साथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।”

अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान पनि गरे । केन्द्रीय कमिटी बैठकमा अहिले अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बैठक यही असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ