arrow

मधेस प्रदेश सरकार बन्दै

कांग्रेस-एमालेबिनै मधेसमा लोसपाका सोनलले गरे मुख्यमन्त्रीमा दाबी पेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
sonal-losapa.jpg

जनकपुर । मधेस प्रदेश सरकारको नेतृत्वका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता जितेन्द्र सोनलले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्। पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज (बुधबार) अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

प्रदेश प्रमुखको आह्वानपछि मधेस प्रदेशको राजनीतिमा ठूलो समीकरण फेरबदल भएको छ। सोनललाई प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेकका पाँच दलहरूको समर्थन प्राप्त भएको छ। जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सोनलले दाबी पेस गरेका हुन्।

सोनललाई यी पाँच दलका ५७ प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त भएको छ। मधेसको १ सय ७ सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५३ प्रदेशसभा सदस्यहरूको समर्थन आवश्यक पर्छ।

यसअघि नेपाली कांग्रेसको नेतृत्वमा एमाले र जनमत पार्टीको समर्थनमा सरकार निर्माण गर्ने गरी प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरिएको थियो। तर, जनमत पार्टी कांग्रेस-एमालेको खेमा छोडेर यो नयाँ गठबन्धनमा आएपछि सोनलको मुख्यमन्त्री बन्ने सम्भावना लगभग निश्चित भएको छ। लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सक्रियता देखाउँदै कांग्रेस र एमालेलाई सत्ता बाहिरै राखेर सरकार निर्माणको वातावरण बनाउन सफल भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ