arrow

सुनको भाउ सामान्य बढ्दा पनि अहिलेसम्मकै महँगो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा चार सय रुपैया बढ्दा चाँदीको भाउ ८५ रुपैयाँ घटेको हो ।

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँका खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा आठ हजार एक सय रुपैयाँ वृद्धि भएको थियो । 

बुधबार कायम भएकाे सुनकाे भाउ हालसम्मकै उच्च हाे । 

यता मंगलबार तीन हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार तीन हजार दुई सय ४० रुपैयाँ कायम भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ