arrow

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनको समय र स्थान तोकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
oli-kendriya-commitee-meeting-082.jpg
तस्बिर फाइल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज (बुधबार) बिहान ११ बजे ललितपुरको जावलाखेलमा बस्दैछ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने यो बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्नका लागि तीन मिनेटको समय छुट्याइएको छ।

बैठकको मुख्य एजेन्डामा पार्टीको आगामी महाधिवेशनको तयारी रहेको छ। यसअघि यही असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ, जसको औपचारिक समय र स्थान आजको बैठकले तोक्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ