arrow

शर्म अल–शेख युद्धविरामलाई प्यालेस्टिनी मुद्दाको अन्तिम समाधान मान्नु हुँदैन: एर्दोगान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
Recep-Tayyip-Erdoğan-turkiye.jpg

काठमाडौँ। टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार इजिप्टको शर्म अल–शेखमा भएको युद्धविराम सम्झौतालाई प्यालेस्टिनी मुद्दाको अन्तिम समाधानको रूपमा गलत रूपमा लिन नहुने बताएका छन्।

इजिप्टको शर्म अल–शेखमा भएको शिखर सम्मेलनमा गाजा युद्धविराम सम्झौतालाई समर्थन गर्ने दस्तावेजमा हस्ताक्षर गर्न पुगेका एर्दोगानले इजरायललाई आफ्ना प्रतिवद्धताहरूको सम्मान गर्न आग्रह गर्दै सम्भावित उल्लङ्घनहरू विरुद्ध चेतावनी दिए। उनले यो सम्झौतालाई प्यालेस्टिनी मुद्दा समाधान गर्ने दस्तावेजको रूपमा हेर्नु गलत हुने स्पष्ट पारे।

राष्ट्रपति एर्दोगानले प्यालेस्टिनी मुद्दाको एक मात्र वास्तविक समाधान १९६७ को सीमानामा आधारित स्वतन्त्र र सार्वभौम प्यालेस्टिनी राज्यको स्थापना रहेको उल्लेख गरे, जसको राजधानी पूर्वी जेरुसेलम हुनुपर्ने उनको भनाइ छ।

युद्धविराम सम्झौतालाई समर्थन गर्ने क्रममा एर्दोगान इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमीर शेख तमिम बिन हमद अल थानीसँग सामेल भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ