arrow

मधेसमा नयाँ समीकरण: लोसपाका सोनललाई मुख्यमन्त्री बनाउन पाँच दलीय गठबन्धनको सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
jeetendra-sonal.jpg

जनकपुर। मधेस प्रदेश सरकारको नेतृत्वका लागि प्रदेश प्रमुखले आह्वान गरेपछि दलहरूबीच गठबन्धन बनाउने क्रम तीव्र भएको छ। यही क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरूको बैठकले लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमति गरेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा मध्यरातमा गठबन्धन दलहरूबीच यो सहमति भएको हो। यो नयाँ पाँच दलीय गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी सहभागी रहेका छन्।

यो गठबन्धनमा कुल ५६ जना सांसद रहेका छन्। उनीहरूले आजै (बुधबार) दिउँसो सरकारको नेतृत्वका लागि दाबी पेस गर्ने तयारी गरिरहेका छन्।

यसअघि नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको गठबन्धन सहमतिको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएको थियो। तर, हिजो जनमत पार्टी फुटेर जनस्वराज पार्टी अलग भएपछि पुरानो समीकरणमा केही असर परेको बुझिएको छ।

प्रदेश प्रमुखले सरकारको नेतृत्वका लागि आज (बुधबार) ४ बजेसम्म दाबी पेस गर्न समय तोकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ