arrow

आईएमएफले यस्तो गर्‍यो नेपालको आर्थिक वृद्धिदरबारे प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
imf-international-monetary-fund.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा चार दशमलव तीन र सन २०२६ मा पाँच दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

आईएमएफले आज ‘वल्र्ड एकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा तीन दशमलव सात प्रतिशत रहेको थियो । 

यस वर्ष अर्थात् सन् २०२५ मा सामान्य सुधार भई वृद्धिदर चार दशमलव तीन प्रतिशत पुग्ने आईएमएफले अनुमान गरेको छ । 

यस्तै नेपालले सन् २०२६ मा पाँच दशमलव दुई र सन् २०३० मा पाँच प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । नेपालको मूल्यवृद्धि सन् २०२५ मा चार दशमलव एक र २०२६ मा चार दशमलव दुई प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ । 

आईएमएफले यस वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने अनुमानसमेत गरेको छ । सन् २०२४ मा तीन दशमलव तीन प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा तीन दशमलव दुई र २०२६ मा तीन दशमलव एक प्रतिशत रहने अनुमान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ