arrow

सुनचाँदीको भाउमा अनियन्त्रित उछाल, सुन तोलामा आठ हजार एक सयले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
gold-jewalary.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार छापावाला सुनको प्रतितोला भाउ दुई लाख ४८ हजार पाँच सय पुगेको छ ।

यसअघि सोमाबार सुनको भाउ प्रतितोला दुई लाख ४० हजार चार सय रुपैयाँ थियो । 

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा आठ हजार एक सय रुपैयाँ वृद्धि भएको हो । 

यता, असली चाँदी मंगलबार प्रतितोला तीन हजार दुई २० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि सोमबार प्रतितोला तीन हजार एक सय २५ रुपैयाँ रहेकामा मंगलबार तोलामा ९५ रुपैयाँ बढेको हो ।

मंगलबार कायम भएका सुन र चाँदी दुवैको मूल्य इतिहासकै सबैभन्दा धेरै हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ