arrow

देशभर आंशिक बदली: यी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ। 

यद्यपि, महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

आज रातिको समयमा भने देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ