arrow

तालिबानद्वार अमेरिकासँग भएको भनिएको ग्राम एयरबेस सम्झौतालाई अस्वीकार

अफगानिस्तानले आफ्नो भूमि कसैलाई दिँदैन – तालिबान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
afgan.png.png

काठमाडौँ। अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बग्राम एयरबेसको बारेमा संयुक्त राज्य अमेरिकासँग भएको भनिएको सम्झौतालाई अस्वीकार गरेका छन्। उनले अफगानहरूले आफ्नो माटोको कुनै पनि भाग कुनै पनि देशलाई नदिने स्पष्ट पारेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बग्राम एयरबेस फिर्ता लिने र त्यहाँ अमेरिकी सेनालाई पुनः तैनाथ गर्ने प्रयास गरेको रिपोर्टका बीचमा आइतबार काबुलमा आयोजित पत्रकार सम्मेलनमा मुजाहिदले उक्त टिप्पणी गरेका हुन्।

काबुलबाट ५० किलोमिटर उत्तरमा रहेको बग्राम एयरबेस ले अफगानिस्तानमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाको २० वर्षको उपस्थितिको समयमा मुख्य अमेरिकी सेनाको अड्डाको रूपमा काम गरेको थियो। अगस्ट २०२१ मा देशबाट विदेशी सेना फिर्ता भएपछि यो उपस्थिति समाप्त भएको थियो।

प्रवक्ता मुजाहिदले अफगान सरकार संयुक्त राज्य अमेरिकासहित सबै देशहरूसँग राजनीतिक र आर्थिक संलग्नताका लागि तयार रहेको बताए। उनले अमेरिकालाई बग्राममा जोड दिनुको सट्टा आफ्नो दूतावास खोल्न र कूटनीतिक माध्यमबाट सकारात्मक संलग्नता सुरु गर्न आह्वान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ