arrow

एमाले सचिवालय बैठक

संसद् विघटनविरुद्ध अदालत जाने एमालेको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
uml-sachibalaya-82-6-12.jpg

काठमाडौँ। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने पक्षमा नरहेको र 'निषेध तथा प्रतिशोधको बाटो' अपनाएर चुनावी वातावरण बिगार्न उद्यत भएको निष्कर्ष निकालेको छ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार करिब १० घण्टा चलेको बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले पार्टी र नेताहरूलाई गतिविधि गर्न नदिएर चुनावी माहोल धमिल्याउने प्रयास गरेको बताएका छन्। उनले "सरकार निषेध र प्रतिशोधको बाटोमा छ। नेताहरूलाई निश्चित ठाउँमा राखेर, दलहरूलाई धम्क्याएर चुनाव हुन सक्दैन। लोकतन्त्रको आत्मा मरिरहेको छ," भन्दै सरकारको आलोचना गरे।

सचिवालय बैठकले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै अदालत खुल्नासाथ न्यायिक परीक्षणमा जाने निर्णय गरेको छ। यसका साथै, लोकतन्त्र तथा संविधान पक्षधर दलहरूसँग संसद् पुनर्स्थापनाका लागि संवाद गर्ने निर्णय पनि भएको छ।

यसैगरी, बैठकले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २५ देखि २९ गतेसम्म चितवन वा काठमाडौं उपत्यकामा आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशन नयाँ नेतृत्व चयन, राजनीतिक प्रतिवेदन पारित र संगठनात्मक रणनीति निर्माणमा केन्द्रित हुनेछ। तीन दिनसम्म चलेको पदाधिकारी बैठकले महाधिवेशन र संगठनात्मक पुनर्गठनका विषयलाई अनुमोदनका लागि असोज २९ देखि ३१ गतेसम्म काठमाडौंमा बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ