बरघोटीसहित सात वरिष्ठ प्यालेस्टिनी नेता रिहा हुनुपर्ने हमासको अडान
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
2.2k
Shares
काठमाडौँ । गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा गर्न लागेका कैदीहरूको सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताहरूलाई पनि समावेश गर्नुपर्ने अडान हमासले जारी राखेको छ। वार्तामा संलग्न मध्यस्थ स्रोतले आइतबार एएफपीलाई यस्तो जानकारी दिएको हो।
दोस्रो स्रोतले उक्त विवरणको पुष्टि गर्दै बताए अनुसार, "हमासले अन्तिम सूचीमा सात वरिष्ठ नेताहरू खासगरी मारवान बरघोटी, अहमद सादत, इब्राहिम हामेद र अब्बास अल–सैयदलाई समावेश गर्न जोड दिइरहेको छ।" यी नेताहरू प्यालेस्टिनीहरूबीच निकै प्रभावशाली मानिन्छन्।
यसैबीच, पहिलो स्रोतले हमास र उसका सहयोगी लडाकू समूहहरूले गाजामा रहेका सबै जीवित बन्धक र केही मृतकहरूको शव इजरायललाई हस्तान्तरण गर्नका लागि 'सबै तयारी पूरा गरिसकेको' पनि बताएको छ।