एन्फामा फुटबलको अव्यवस्थाविरुद्ध प्रदर्शन, विश्वकप त ४ वर्षमा आउँछ ए डिभिजन कहिले आउँछ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
979
Shares
काठमाडौँ । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध आज फुटबलका स्वतन्त्र समर्थकहरूले एन्फा गेट अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन् ।
धर्नामा सहभागीहरूले “फुटबल क्यालेन्डरमा होइन ग्राउन्डमा चाहियो’’, ‘‘विश्वकप त ४ वर्षमा आउँछ ए डिभिजन कहिले आउँछ” जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
उनीहरुले सुतिरहेको एन्फालाई जगाउन खोजिएकोसमेत बताएका छन् ।