arrow

कपनमा बिजुलीको पाेलमा ठाेक्किएर मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
accident-final.jpg

काठमाडौँ । काठमाडौँमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा छन् ।

प्रहरीका अनुसार कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडक खण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

पैयुटारबाट गोकर्णेश्वरतर्फ जाँदै गर्दा शेर्पाले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ