arrow

नारायण खतिवडा आए आध्यात्मिक सन्देशसहितको 'खुशी' लिएर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
khusi-82.jpg

काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको संगीत/ संगीत संयोजन तथा कुन्ती मोक्तानको स्वर रहेको भजन " खुशी" को म्युजिक भिडियो नमस्ते नेपाल डिजिटल स्टूडियोबाट सार्वजनिक भएको छ ।

भजन गीतमा मानिसहरू खुशी हुनको लागि आफुले आत्मचिन्तन गर्नुपर्ने गहिरो भाव रहेको छ । त्यसको सजिलो बाटो भनेको भगवानप्रतिको चिन्तनले सम्भव हुने बताइएको छ । तर विश्वमा कतिपय व्यक्तिहरू भगवानप्रति विश्वास पनि छ्न् तिनले पनि आत्मचिन्तनबाटै आन्तरिक खुशी हुन सकिने भावार्थ रहेको छ ।

वर्तमान परिवेशमा भौतिकवादी सुख सुबिधाबाट भौतिक सुख पाए पनि मानिस सुखी र खुशी बन्न सकेका  छैनन् । यस्तो अवस्थामा  भौतिक सुखका साथै आध्यात्मिक चिन्तनबीचको सन्तुलन हुनुपर्ने गीतको भाव रहेको छ ।

उक्त सन्देशमूलक भजनमा अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय रहेको छ । गीतको भिडियोको कोरियोग्राफी सन्तोष  मगर र ईश्वर राईले गरेका हुन् भने दृष्य सम्पादन सनम तामाङ्को रहेको छ ।

खतिवडाका सम्झनाका पाइलाहरू, बहार जस्ता गीति पुस्तक, ढुकढुकी एल्बम प्रकाशन भएका छन् भने धेरै  गीत र भिडियो पनि आइसकेका छन् । सार्वजनिक भएको खुशीको  म्युजिक भिडियोमा गीतकार खतिवडा आफैँले निर्देशन गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ