arrow

सुन तोलामा तीन हजार र चाँदी ४० रुपैयाँ बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबार सुन तोलामा तीन हजार र चाँदी ४० रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ३५ हजार रुपैयाँ कायम भएको थियो । त्यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेके थियो ।

यता शुक्रबार तीन हजार ८५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज ४० रुपैयाँले बढेर तीन हजार एक सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ