काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक आज (आइतबार) बिहान ११ बजे बस्दै छ।
अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारका लागि बोलाइएको बैठक स्थगित भएकोमा आज पुन: बस्न लागेको हो।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने बारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।