arrow

केपी ओलीको स्वास्थ्य बिग्रियो, बैठक स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
kp-oli-82-6-23q.jpg

काठमाडौँ । नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो । 

ओलीलाई भएको के हो भन्ने उनको सचिवालयलेसमेत उल्लेख गरेको छैन । 

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज ओलीले आराम गरी आइतबार बैठक निरन्तर रहने छ । 

गौतमका अनुसार बैठक आइतबार बस्ने छ । बैठक शुक्रबार पनि भुक्तपुर गुण्डुस्थित ओली निवासमा बसेको थियो।

शुक्रबारको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष ई्श्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेलले पनि पार्टी पुनर्गठनको विषयलाई उठाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ