arrow

प्रहरी प्रमुख खापुङ्गले भने - राजीनामा दिने कुरा भ्रामक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
igp-chandra-kuber-khapung.jpg
तस्बिर फाइल

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आईजीपी खापुङ्गले सञ्चारमाध्यमहरूमा प्रकाशित भएको 'पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु' भन्ने आशयका भ्रामक समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, प्रहरी महानिरीक्षकले कहीँकतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको स्पष्ट पारिएको छ।

आईजीपी खापुङ्गले प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल भएको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ