arrow

काठमाडौँ महानगरले तोक्यो तिहारमा ३२ स्थान, विदेशी फूलमाला बेच्न प्रतिबन्ध [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
raju-pandey-ktm.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिका (कामपा) ले यस वर्षको तिहारलाई लक्षित गरी फूलमालाको व्यवस्थित विक्री वितरणका लागि ३२ वटा स्थानहरू तोकेको छ। महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो घोषणा गरेको हो। यो कदम तिहारमा हुने अव्यवस्थित बजारलाई नियन्त्रण गर्दै स्थानीय नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले चालिएको हो।

महानगरले तोकेका यी ३२ स्थानमा नेपालमै उत्पादन भएका फूल र मालाहरू मात्रै विक्री गर्न पाइनेछ। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले विगतमा भारत लगायत अन्य मुलुकबाट आयात गरिने फूलमालालाई विस्थापित गर्न र नेपाली कृषक तथा स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउन यस्तो नियम लागू गरिएको बताए।

प्रमुख पाण्डेले आत्मनिर्भरताका लागि नेपाली उत्पादनलाई प्रयोग गर्न सम्पूर्ण नागरिकलाई अनुरोध गर्दै अवैध रूपमा आयातित फूलहरू विक्री भएको पाइएमा महानगर प्रहरीलाई सूचना दिन आग्रह गरेका छन्। उनले छिमेकी मुलुकबाट आएका अवैध फूलहरू विक्री गरेको पाइए विगतझैँ अनुगमन गरी कारबाही गर्ने चेतावनी पनि दिएका छन्।

महानगरले तिहारका लागि तोकेका प्रमुख विक्री वितरण केन्द्रहरूमा नयाँ बानेश्वरको एन.वि. सेन्टर र आई प्लेक्स महल, तिनकुने चौर, सिफल चौर, चावहिलको एस पी कम्लेक्स, स्वयम्भूको धर्म चौक पार्क, कालीमाटीको कालीमाटी बाङ्गक्यूट, कलंकीको भाटभटेनी, महाराजगञ्जको सेल्स बेरी र बालुवाटारको बिगमार्ट जस्ता स्थानहरू समावेश छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ