काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा आज ठूलो गिरावट आएको छ भने चाँदीको भाउ भने बढेको छ। बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार बिहीबार रु २ लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मूल्य आज रु २ लाख ३५ हजार कायम भएको छ।
यसैगरी, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। बिहीबार एक तोला चाँदी रु ३ हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु ३ हजार ८५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार ५८ अमेरिकी डलर मा कारोबार भइरहेको छ।