एसको सचिवालय बैठक आज, एकता र निर्वाचनको रणनीति तय गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
896
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तय गर्न आज सचिवालय बैठक बस्दैछ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटनाक्रम र वाम–समाजवादी पार्टीहरूबीचको एकता बारे छलफल हुनेछ।
पार्टीले लोकतान्त्रिक प्रणालीको रक्षाका लागि आगामी फागुनमा हुने निर्वाचनमा सहभागी हुने जनाएको छ र निष्पक्ष निर्वाचनमा जोड दिएको छ। समान विचार भएका दलहरूसँगको सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुने प्रवक्ता ज्वालाले बताएका छन्।
एकीकृत समाजवादीले समाजवादी मोर्चामा गोलबद्ध दलहरूसँग एकताको टुङ्गो केही दिनमै लगाउने पनि उनको भनाइ छ।