बाहुनडाँगीमा हात्तीको जोखिम बढेसँगै विशेष गस्ती टोली परिचालन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
839
Shares
भद्रपुर (झापा)। बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेपछि डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि बाहुनडाँगी क्षेत्रमा परिचालन भएको छ। किसानले धान नभित्र्याएसम्म यो टोली निरन्तर गस्तीमा रहनेछ।
विगतका वर्षमा हात्तीको हुलले यस क्षेत्रको बाली सखाप पारेको थियो।
विगत दुई दशकको अवधिमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन् भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको छ। यो तथ्याङ्कले झापामा मानव र हात्तीबीचको द्वन्द्व कति भयावह छ भन्ने देखाउँछ।