arrow

एएफसी एसियन कप छनोटमा नेपाल भियतनामसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
football-nep-viet-82-6-23.jpg

काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गतको खेलमा नेपालले भियतनामसँग हार बेहोरेको छ । भियतनामको हो चिमिन सहरको गो डाउ रङ्गशालामा बिहीबार राति सम्पन्न भएको खेलमा नेपाल ३-१ ले पराजित भएको हो । 

मध्यान्तरसम्म १–१ को बराबरी खेलेको नेपालले मध्यान्तरपछि दुई गोल खाएको थियो । खेलमा पहिलो अग्रता भियतनामले लियो । खेलको नवौँ मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो अग्रतामा दिलाएका हुन् ।

त्यस्तै, खेलको १७ औँ मिनेटमा नेपालका रोहन कार्कीको फ्रिकिकमा सनिस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । 

खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भयो । भियतनामको गोल अवसरमा बाधा पुर्‍याएको भन्दै नेपालका लाकेन लिम्बूले सोझै रातो कार्ड पाएसँगै नेपाल १० खेलाडीमा सीमित बनेको थियो । 

त्यसपछि कमजोर बनेको नेपालले ६७ औँ र ७२ औँ मिनेटमा गोल खायो । 

योसँगै नेपाल लगातार तेस्रो खेलमा पराजित हुँदै अंकविहीन छ ।

नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ को हार बेहोरेको थियो। 

मलेसिया ९ अंकसहित समूह एफको शीर्ष स्थानमा छ। भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंक जोड्दै दोस्रो स्थानमा छ।

लाओसले ३ अंक जोडेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ